‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ नाराको साथ स्याङ्गजाको हरिनास गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । उक्त कार्यक्रम प्रमुख अतिथी हरिनास गाँउपालिकाका पालिकाप्रमुख खिम नारायण मानन्धर ज्युको बाहुली बाट उक्त कार्यक्रमको समुद्घाटन भएको थियो | प्रतियोगितामा पालिकाभित्र रहेका ९ वटा विद्यालयहरु सहभागि रहेका छन् । आजदेखि सुरु भएको प्रतियोगितामा ४ सय मिटर दौड, सर्टफुट सम्पन्न भईसकेका छन् भने भलिबल खेलको समेत शुभारम्भ भएको छ । ४ सय मिटर दौड प्रतियोगितामा छात्रतर्फ मातृभूमि माविका विद्यार्थी मिन बहादुर थापा प्रथम भएको छन् भने महिमा माविका सुजन सिग्देल दोस्रो भएका छन् । त्यसैगरी छात्रातर्फ जनजागृति मावि गृहकोटका बिमला प्रथम भएकी छिन् भने महिमा माविका दिक्षा पौडेल दोस्रो भएकी छिन् । सर्ट फुटमा महिमा माविका विद्याथी सुरज थापा प्रथम हुन सफल भएका छन् भने पिताम्बर माविका विवेक मानन्धर द्वितिय स्थान हाँसिल गर्न सफल भएका छन् । त्यसैगरी भलिबल प्रतियोगितामा दुई खेल सम्पन्न भएको छ । मातृभूमि मावि र अमलाभञ्जाङ्ग माविबीचको खेलमा मातृभूमिले जित हाँसिल गरेको छ । त्यसैगरी महिमा मावि र पिताम्बर माविबीच भएको खेलमा पिताम्बर माविले जित हाँसिल गरेको छ ।
हरिनासमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
byHamro Sport
-
0

